जापानमा नेपाली विद्यार्थीले गरे आत्महत्या
फरकधार / ९ माघ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

३ वर्षअघि विद्यार्थी भिसामा जापान गएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् । 



गुल्मी जिल्लाका २३ वर्षीय एक विद्यार्थीले आत्महत्या गरेका हुन् । उनको परिचय पूर्णरुपमा जापानको प्रशासनले खुलाएको छैन ।



उनी १७ जनवरीदेखि सम्पर्कमा नआए पछि उनको खोजी भएको थियो । आइतबार उनको कोठामा प्रहरी पुग्दा उनी मृत भेटिएका हुन् । 



उनले केही दिनअघि नै आत्महत्या गर्न सकेको हुने जापानी प्रहरीले जनाएको छ ।



उनको पोस्टमार्टम हुने भएको छ । यस विषयमा जापानमा रहेको नेपाली दूतावासलाई जानकारी दिइएको जापानी प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार २०:४१:३५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया