काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले प्रदर्शन गर्ने भएको छ ।
१५ माघमा प्रदर्शन हुन लागेको यो आन्दोलनका संयोजक हुन्, सुमन सायमी ।
सुमन सायमी बालेनविरुद्ध काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धी थिए । तर, पछि बालेन निर्वाचित भए पछि उनले बालेनलाई समर्थन गर्ने बताउँदै आएका थिए ।
सायमीले अब बालेनविरुद्ध प्रदर्शन गर्नुको कारण काठमाडौंवासी पछिल्लो समय त्रासमा बाँच्न थालेकाले भएको बताएका छन् ।
सायमीले बालेन स्वच्छेचारी बन्दै गएको र पछिल्लो समय डोजर आतंक फैलाएर आदिवासीको भूमि अतिक्रमण गरेको आरोपसमेत लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।