सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जान सरकारी वकिलको राय

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च जान सरकारी वकिलहरुले राय दिएका छन् । 

उच्च सरकारी वकिलको कार्यालय, पाटनले यस्तो रायसहितको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा पठाएको छ । उच्च अदालतको आदेश बदरको माग राखी सर्वोच्च अदालतमा निवेदन दिनुपर्ने राय तयार भएको हो । 

आदेश बदरको माग राखी सर्वोच्च अदालत जानुपर्ने भनी आएको रायमाथि अध्ययन हुने र त्यसका आधारमा निर्णय हुने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।

उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा जाने कि नजाने भन्नेबारे निर्णय गर्ने अधिकार महान्यायाधिवक्ताको कार्यालयलाई छ ।





  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार २१:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया