गिरफ्तारीबाट बच्न राखी सावन्त पुगिन् अदालत
फरकधार / ९ माघ, २०७९

बलिउड अभिनेत्री तथा मोडल राखी सावन्त आजभोलि कष्टकर दिनहरु बिताइरहेकी छिन् । उनको र शर्लिन चोपडाको झगडाको कारण उनी समस्यामा परेकी हुन् ।



केही समयअघि मात्र उनलाई चोपडाको उजुरीका कारण पक्राउ समेत गरिएको थियो ।

अब फेरि प्रहरीले पक्राउ गर्ने छनक पाएपछि उनी अदालत पुगेकी छिन् । उनले त्यहाँ पहिले नै एक मुद्दा दायर गरेकी हुन् । उनले इन्टरनेटमा एक महिला मोडलको फोटो र भिडियो भाइरल गरेको आरोप लागेको छ ।



९ नोभेम्बरमा शर्लिनले दिएको उजुरीको कारण राखीलाई १९ जनवरीमा प्रहरीले पक्राउ गरेको थियो । 
 



  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार २१:२०:४७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया