कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएपछि नेमकिपा रुष्ट, संसदमा विरोध जनाउने

नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएपछि नेमकिपाले विरोध जनाएको छ । संसद सचिवालयले सोमबार कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएको थियो ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्राचण्ड’लाई विश्वासको मत दिएपछि नेमकिपाले संसद सचिवालयमा निवेदन दिँदै प्रमुख प्रतिपक्षको दाबी गरेको थियो । नेमकिपाको दाबीविपरीत कांग्रेसले विपक्षी दलको मानयता पाएपछि सो पार्टीले असन्तुष्टि जनाएको हो । 

सचिवालयले कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएपछि नेमकिपाका सांसद प्रेम सुवालले यस विषयमा सभामुखलाई भेटेर कुरा गर्ने बताएका छन् । ऐन कार्यान्वयन हुनुपर्ने माग राख्दै उनले अब संसदमा विरोध गर्ने बताए । 

सचिवालयले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको सेवा सुविधासम्बन्धी ऐनअनुसार शेरबहादुर देउवाले सेवा सुविधा पाउने जानकारी गराएको हो । 

प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत माग गर्दै कांग्रेस संसदीय दलले संसद सचिवालयलाई पत्र लेखेको थियो । सोही पत्रको जवाफ दिँदै सचिवालयले देउवाले पाउने सेवा सुविधाबारे पत्रमार्फत जानकारी दिएको हो । 





  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार २१:५८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया