सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा गएरातिदेखि हल्का वर्षा र हिमपात भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण यी दुई प्रदेशमा वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

लामो समयपछि हिमपात भएपछि किसान हर्षित भएका छन् । आज लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा पनि हल्का वर्षाको अनुमान छ । वर्षा भएका ठाउँमा मेघगर्जनको पनि सम्भावना रहेको मौसमविद् जनाएका छन् ।

गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भए पनि गण्डकीमा पानी पर्ने सम्भावना कम छ । बाग्मती, मधेस प्रदेश र प्रदेश–१ को मौसम भने सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।  





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार ८:२५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया