सुत्केरी ब्यथाले बाजुरामा २६ वर्षीया महिलाको बाटोमै मृत्यु
प्रतीकात्मक तस्वीर

बाजुरामा गर्भवती महिलाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका–११ पिनालेखकी २६ वर्षीया जानकी विक लुहारको सुत्केरी हुन नसक्दा बाटोमै मृत्यु भएको हो ।

जिल्ला अस्पताल बाजुराले रेफर गरेकी जानकीलाई बसमा कञ्चनपुरको महेन्द्रनगर लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको श्रीमान् रमेश विकले जानकारी दिए । 

दोस्रोपटक बच्चा पाउन लागेकी जानकीलाई अस्पताल बाजुराले रेफर गरेपछि रमेशले बसमा महेन्द्रनगर लगेका थिए । अछाम र डोटीको सिमाना चौखुट्टे पुगेपछि उनलाई असहज भएको थियो ।

बस चालकले बसमा अप्ठ्यारो भएको र गर्भवती महिलाको ज्यान जोखिम भएको भन्दै जिपमार्फत उनलाई अछामको बयलपाटा अस्पताल पुर्याएका थिए । जिपमा बयलपाटा अस्पताल लैजाँदै गर्दा जानकीको बाटोमै मृत्यु भएको हो ।

बयलपाटा अस्पतालमा कार्यरत अहेब भवानी ढुङ्गानाले गर्भवती महिलाको बाटोमै मृत्यु भइसकेको बताइन् । अस्पतालमा मृत्यु भएको शव मात्र पुर्याएको उनले बताइन् । पेटमा भएको शिशुको पनि अहेब ढुङ्गानाले बताइन् । 

४ माघमा आफन्तले जानकीलाई बाजुरा सदरमुकाममा जाँच गर्न ल्याएका थिए । अस्पतालले औषधि दिएर घर पठाएको थियो । सुत्केरी ब्यथाले च्यापेपछि  जानकीलाई ८ माघमा अस्पताल बाजुराले ल्याएका थिए । 



अस्पतालले जानकी मुटु रोगी भएकाले सुविधा सम्पन्न अस्पताल लग्न रेफर गरेको थियो । एम्बुलेन्समा लिन पैसा नभएपछि बसमा टिकट काटेर महेन्द्रनगर हुँदै दिल्ली लिने रमेशको योजना थियो ।   



  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १०:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया