नेपाली बजारमा मंगलबार सुन कीर्तिमानी मूल्यमा कारोबार भइरहेको छ । सुन आज प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुन २५ फागुन २०७८ मा प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको थियो ।
आज १ हजारले बढेर प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।