प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज बिहान बालुवाटरमा भएको प्रचण्ड-ओलीबीचको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो ।

सबै प्रदेशमा मुख्यमन्त्री नियुक्त भए पनि प्रदेश १ बाहेक अन्य कुनै प्रदेशले मन्त्रीलाई जिम्मेवारी दिन सकेका छैनन् । भागबन्डामा सकस हुँदा अधिकांश प्रदेश प्रमुखहरू काठमाडौंमा भेला भएका छन् ।

उनीहरूले शीर्ष नेतृत्वलाई भेट गरिरहेका छन् । साथै, प्रचण्ड-ओली भेटमा राष्ट्रपति निर्वाचन, प्रदेश सरकारमा मन्त्रिपरिषदलाई पूर्णतालगायत दिने विषयमा पनि छलफल भएको बताइएको छ ।





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १२:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया