प्रतिनिधि सभा बैठक जारी, यस्तो छ कार्यसूची [लाइभ]

प्रतिनिधि सभा बैठक आज सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा तीनवटा कार्यसूची तय गरिएको छ । 

संसद् सचिवालयका अनुसार बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको हेरफेर गर्ने कार्यसूची रहेको छ ।

माओवादी केन्द्रका सांसद देवन्द्र पौडेलले नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहने सदस्यहरूको नामवलीसहित प्रस्ताव प्रस्तुत गर्दैछन् । उनको प्रस्तावलाई सांसदद्वय ऋषिकेश पोखरेल र रामकृष्ण यादवले समर्थन गर्नेछन् ।   

यस्तै, सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ ।  





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १३:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया