बाजुरा भूकम्प : एककाे मृत्यु, २५ भन्दा बढी घर भत्किए

मंगलबार दिउँसो गएको भूकम्पमा परी बाजुरामा एक महिलाको ज्यान गएको छ । भूकम्प जाँदा खसेको ढुंगा लागेर जंगलमा घाँस काट्न गएकी स्थानीय जमुना रोकायाको मृत्यु भएको हाे । 

त्यसैगरी भेडा चराउन गएका गौमुल गाउँपालिका वडा न १ का एकजना घाइते भएका छन् । ​जंगलमा भेडा चराउन गएका बेला माथिबाट भिर फुटेर पहिरो जाँदा ४० देखी ५० भेडा मरेका र गाठालो गएका रामदल बोहरा घाइते भएको स्थानीय सुवास रोकायाले बताएका छन् । 

मंगलबार दिउँसो मैला केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प जाँदा २५ वटा भन्दा बढी घरहरु भत्किएको प्रारम्भिक खबर छ । बडिमालिका नगरपालिका ७ रजातोलीका हरिचन्द पाध्या र सोही नगरपालिका ८ का हर्क गुरुङ र बिरजिते चदाराका घरहरु भत्किएको प्रहरीले जनाएको छ । 

गौमुल गाउँपालिका वडा नम्बर २ स्थित स्थानीय जंगलमा घाँस काट्न गएकी महिलाको भूकम्प जाँदा माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको बाजुराका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य थापाले जानकारी दिए । 
 
अहिले प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पुग्न लागेको छ । विस्तृत विवरण भने आउन बाँकी छ । 





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १७:५४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया