धनुषाबाट ३ महिनामा ११ हजार ११९ जना वैदेशिक रोजगारीमा गए, ५४ जना महिला

कोभिड–१९ को असर कम भएसँगै धनुषाबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्न थालेको छ । 

चालू आर्थिक वर्षको ३ महिना (साउन देखि असोज)सम्ममा ११ हजार ११९ जना वैदेशिक रोजगारीमा गएका हुन् । जसमध्ये ५४ जना महिला रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जनाएको छ । 

सामी कार्यक्रम धनुषाका कार्यक्रम संयोजक सौरभ कर्णले उपलब्ध गराएको तथ्यांक अनुसार आप्रवासी श्रोत केन्द्रबाट परामर्श लिएर ३ हजार १५४ र रिटर्नी स्वयंसेवकमार्फत १ हजार २६५ गरी कूल ४ हजार ४१९ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । 

मृत्यु, उद्धार, एजेन्टबाट ठगिएर गएको, विरामी तथा उपचारलगायत समस्याप्राप्त १२९ जना, सहजीकरण भइसकेको ४५ जना, शव व्यवस्थापनमा सहजीकरण ६ जना, गन्तव्य मुलुकबाट उद्धार १५ जना, जिल्ला प्रशासन कार्यालय मार्फत ४ जना र स्थानीय स्तरमै सहजीकरण २० जनालाई न्यायमा पहुँच उपलब्ध गराइएको छ भने २ करोड ६० लाख ७३ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको तथ्यांक छ ।
 
यसअघि गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ६ लाख ३० हजार ९० जना वैदेशिक रोजगारीमा गएकोमा धनुषाबाट सबभन्दा बढि २२ हजार १७५ पुरुष र १९ हजार ११८ महिला गरी कूल ४१ हजार २९३ जना रहेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब ११ गुणा बढी हो ।
 
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य बढेको तथ्यांक छ । 

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या फेरि बढ्न थाले पनि रेमिट्यान्स आप्रवाह भने गत साउनयता लगातार घटिरहेको छ । यो अवधिमा हुण्डीलगायत विदेशबाट पैसा पठाउने गैरकानुनी माध्यमहरु सक्रिय हुनुका साथै क्रिप्टोकरेन्सी लगायत हाइपर फण्डमा लगानी बढेकाले रेमिट्यान्स प्रभावित भएको जानकारहरु बताउँछन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२, १५ र २० का निर्वाचित पदाधिकारीहरुसँग कार्यक्रमको बारेमा समन्वय, सहकार्यका साथै कार्यक्षेत्रको स्थलगत भ्रमणसमेत भइरहेको सामी कार्यक्रम धनुषाका कार्यक्रम संयोजक सौरभ कर्णले बताए ।





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १८:९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया