मुख्यमन्त्री रावलको निर्देशन : भूकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउनू

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । उनले प्रदेश मुख्यसचिव, सामाजिक विकास मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीसित सम्पर्क गर्दै उक्त निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री रावलले तत्काल क्षतिको विवरण संकलन गर्न पनि निर्देशन दिएका छन् । क्षतिको विवरण आउनेबित्तिकै थप राहतका कार्यक्रम घोषणा गरिने उनको सचिवालयले जनाएको छ ।

मंगलबार बाजुराको स्वामीकार्तिक गाउँपालिकाको मेला केन्द्र बिन्दू भएर दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ रेक्टरको भूकम्प गएको थियो । अहिलेसम्म भूकम्पबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । 

भूकम्पका कारण बाजुरा, बझाङलगायत जिल्लामा सयौं घरमा क्षति पुगेको छ । 





  • प्रकाशित मिति : माघ ११, २०७९ बुधबार ७:५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया