नेकपा एमालेका नेता भीम रावलले गृहमन्त्री रवि लामिछानेले दोहोरो नागरिकता लिएर नेपालको कानुन मिचेको उल्लेख गरेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।
बुधबार सोही विषयमा सामाजिक सञ्जालमा रावलले संविधान बनाउने बेला धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोही बमोजिम संवैधानिक व्यवस्था गरिएको लेखेका छन् ।
‘संविधान बनाउने बेला धेरै बहस पछि नेपाल जस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोही बमोजिम संवैधानिक व्यवस्था गरिएको हो’, नेता रावलले लेखेका छन् ‘गृह मन्त्री रवि लामिछानेजी निमित्त पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देश विरोधी अपराध ठहर्ने छ । गृहमन्त्रीबाट कानुन मिचिएको छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।