प्रेम आचार्यले जस्तै पीडा लाखौं युवाहरूले भोगिरहेका छन्, यो प्रतिनिधि घटना हो  : प्रदीप पौडेल
फाइल फाेटाे

नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले आत्मदाहको घटना राज्यले आफ्ना नागरिक माथि गरेको व्यवहारको प्रतिनिधि घटना भएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा प्रेम आचार्यले जस्तै पीडा यहाँ लाखौं युवाहरूले भोगिरहेकोसमेत लेखेका छन् । 

‘आत्मदाहको घटना राज्यले आफ्ना नागरिक माथि गरेको व्यवहारको प्रतिनिधि घटना हो । प्रेम आचार्यले जस्तै पीडा यहाँ लाखौं युवाहरूले भोगिरहेका छन्,’ उनले लेखेका छन्, ‘आफ्नो जीवनमा तपाईंले भोग्नु परेको पीडा पढ्ने जो कोहीको आँखा रसाउँछन् । बेथितिका बारेमा तपाईंले उठाउनु भएका प्रश्नले हामी  सबैलाई गिज्याउँछ ।’

मंगलबार दिउँसो बानेश्वरमा आफैलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा आज बिहान मृत्यु भएको हो । 





  • प्रकाशित मिति : माघ ११, २०७९ बुधबार १५:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया