सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले)बाट राजीनामा दिएकी छन् ।
उपसभामुख चौधरी सत्ता साझेदार दल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उपसभामुखमा निर्वाचित भएकी थिइन् । उनले माघ ४ गते उपसभामुख पदको शपथ ग्रहण गरेकी थिइन् ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले उपसभामुख पदमा रहँदासम्मका लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलग रहने जनाएकी छन् ।
उपसभामुख पदमा आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीबाट राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।