\
लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका–७ बस्ने ३४ वर्षीय किरण मगर र पर्सा वीरगञ्ज महानगरपालिका–३२ चोर्नी बस्ने २५ वर्षीय मुन्ना महतोलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले मगरलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध लुपिजेसिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाइजेपाम १२ एम्पुल र फेनारगन १२ एम्पुल र महतोलाई सिरहा, नरहा गाउँपालिका–३ चोहर्वाबाट नाइट्राभेट १२६ ट्याब्लेट र कोरेक्स १०० एमएलको १ बोतलसहित पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्युरो रानी विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मगरलाई पक्राउ गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।