जुम्लामा हिमपातलाई मध्यनजर गरी न्यानो वितरण कार्यक्रम गरिएको छ । मंगलबारदेखि परेको भारी हिमपातले त्यहाँको जनजीवन प्रभावित भएपछि प्रशासन न्यानो वितरण कार्यक्रम गरेको हो ।
जुम्लामा लगातार रुपमा हिपपात भइरहेको छ । चिसोले जनजीवन प्रभावित भइरहेको भन्दै चोक–चोकमा आगो बाल्ने कार्यक्रम गरिएको हो । चिसोले दुई दिनदेखि हवाई यातायात बन्द भएको छ ।
कर्णाली राजमार्ग पनि अवरुद्ध भइरहेको छ । मंगलबारदेखि सुरु भएको हिउँ निरन्तर परेपछि स्थानीय प्रशासनले जुम्ला बजारका मुख्यचोकमा आगोबाल्ने न्यानो कार्यक्रम गरिएको हो ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार जुम्लाको मुख्य बजार बालमन्दिर, जिल्ला प्रशासन अगाडि, कालेखोली र बसपार्कमा न्यानो गर्नका लागि दाउरा फलिएको हो ।
हिमपातका कारण ड्युटीमा रहेका सुरक्षाकर्मी र विभिन्न कामले आवतजावत गर्ने नागरिकको लागि आगो बाल्ने गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले आफैँले केही दाउरा व्यवस्थापन गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।