पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता साझेदार दल रापप्रालाई सरकार छाड्न दबाब दिएको खुलासा भएको छ ।
मंगलबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभामा सम्बोधन गर्दै यही मन्त्रिपरिषदमा रहेर संघीयता र गणतन्त्रको विरोध गर्ने छुट कसैलाई नभएको भन्दै स्पष्टीकरण सोध्ने चेतावनी दिएका थिए ।
राप्रपा कार्यसम्पादन समिति सदस्य ऋषिबाबु परियारले अपमान सहेर सरकारमा बसिरहन नसकिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डको सो अभिव्यक्तिपछि राप्रपामा सरकारबाट बाहिरिनुपर्ने दबाब बढेको उनले बताए ।
परियारले गत साता मात्रै पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापाको दमकमा भेटेका थिए । सो क्रममा पूर्वराजाले राप्रपालाई सरकारमा जाने म्यान्डेट थियो र ? भनेर जिज्ञासा राखेको उनको भनाइ छ ।
उनले राप्रपाका मन्त्रीले हिन्दु राज्य र राजाको विषय बोले स्पष्टीकरण सोध्ने प्रधानमन्त्रीको भनाइले राप्रपा खपमानित भएको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डको व्यवहार फेरिएको भन्दै उनले राप्रपाले सरकार छाड्ने संकेत गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।