गोरखाको उत्तरी भेगमा भारी हिमपात

गोरखाको उत्तरी भेगमा भारी हिमपात भएको छ । साम्दोलगायतका क्षेत्रमा बुधबार भारी हिमपात भएको हो । चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयका अनुसार अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ ।

उत्तरी गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबासलगायतका उच्च हिमाली क्षेत्रमा आजदेखि हिमपात सुरु भएको हो । हिमपातका कारण मानिसलाई घर बाहिर निस्कन तथा आवतजावतमा समेत समस्या भएको छ ।

अघिल्ला वर्षको तुलनामा यो वर्ष ढिलो गरी हिमपात परेको हो । हिउँ पर्न थालेपछि स्थानीय सर्वसाधारण भने खुसी भएका छन् । हिउँ परेपछि खेतीपाती राम्रो हुने भएकाले स्थानीयवासी खुसी भएका हुन् । 





  • प्रकाशित मिति : माघ ११, २०७९ बुधबार २२:८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया