भारतले आज ७४औँ गणतन्त्र दिवस मनाउँदै

भारतले आज आफ्नो ७४ औं गणतन्त्र दिवस मनाउँदैछ ।  गणतन्त्र दिवसको अवसरमा राजधानी नयाँ दिल्लीस्थित कर्तव्यपथमा सरकारले भव्य कार्यक्रमको आयोजना गरेको छ । 

इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेको कार्यक्रममा इजिप्टको सेनाले पनि परेड गर्नेछ । सन् १९५० मा आजकै दिन (जनवरी २६) मा भारत गणतन्त्र घोषित भएको थियो । 

ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको भारतमा सन् १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको थियो ।

भारतको संविधानसभाले २६ नोभेम्बर १९४९ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापित गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो ।​ 

त्यसयता भारतले हरेक वर्ष २६ जनवरीमा गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ ।  





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार ९:३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया