सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक निर्धारित समयभन्दा केही सरेको छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भनिए पनि दिउँसो २ बजेका लागि सरेको हो ।
केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठन विकास र विस्तारको विषयमा छलफल गरिने महासचिव देव गुरुङले जानकारी दिए ।
साथै, बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेन्डा रहेका छन् । माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्नेबारे सहमति गरिसकेको छ ।
त्यस्तै, माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीसँग पनि माओवादीले एकता गर्ने तयारी गरेको छ । आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।