नेकपा माओवादी केन्द्रको बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बिहीबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।
बैठकमा पार्टी संगठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा छलफल भइरहेको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठन विकास र विस्तारको विषयमा छलफल भइरहेको हो ।
बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेन्डा रहेका छन् । माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्नेबारे सहमति गरिसकेको छ ।
त्यस्तै, माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीसँग पनि माओवादीले एकता गर्ने तयारी गरेको छ । आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।