पूर्वसभामुख सापकोटालाई पार्टी उपाध्यक्ष बनाउने माओवादीको तयारी

नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्नि सापकोटालाई पार्टी उपाध्यक्ष बनाउने तयारी गरेको छ । यसअघि सभामुख रहेका कारण पार्टीको जिम्मेवारीबाट अलग रहेका सापकोटा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सहभागी भएका छन् ।

नेकपा विभाजन भएर नेकपा माओवादी केन्द्र पूरानै रुपमा फर्केपछि सापकोटा पहिलो पटक बैठकमा सहभागी भएका हुन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । 

उक्त बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठन विकास र विस्तारको विषयमा छलफल  भइरहेको बताइएको छ । केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेन्डा रहेका छन् ।  





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार १५:४३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया