नेप्सेमा सामान्य गिरावट

बिहीबार बजार परिसूचक नेप्से सामान्य घटेको छ । साताको अन्तिम कारोबार दिन नेप्से ०.३५ अंकले घटेर २१८३.२७ अंकमा बन्द भएको हाे । 

नेप्सेमा खरिदकर्ता र विक्रीकर्ता दुबै हाबी हुन नसक्दा बजार परिसूचक स्थिर जस्तै देखिएको छ । सेयर बजारमा लाभांश सिजन सकिए पछि लगानीकर्ता निष्कृय बन्दै गएको छ । तर, बैंकिङ प्रणालीमा तरलता सहज बन्दै जाँदा बजार बढ्ने अपेक्षा पनि लगानीकर्तामा देखिन्छ ।

बिहीबार नेप्सेमा बैंकिङ, विकास बैंक, लघुवित्त, वित्त कम्पनी र उत्पादनमुलक उपसूचकमा गिरावट हुँदा बीमा, हाइड्रोपावर र व्यापार उपसूचक बढेको छन् ।

नेप्सेसँगै बिहीबार कारोबार रकम पनि घटको छ । ७७ लाख ६४ हजार १५३ कित्ता धितोपत्र किनबेच हुँदा २ अर्ब ८६ करोडको कारोबार भएको हो । जसमध्ये समृद्धि फाइनान्सको ९ करोड ७१ लाखको सेयर कारोबार हुँदा रिडी हाइड्रोपावरको ८ करोड ६२ लाख आँखु खोला जलविद्युत कम्पनीको ७ करोड ३९ लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१३ कम्पनीको सेयर कारोबार हुँदा १०१ कम्पनीकोृ सेयरमूल्य बढेको छ भने १०७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । बिहिबार कारोबार भएकामध्ये लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त, बाराही हाइड्रोपावर र सुर्यज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

यता समृद्धि फाइनान्सको सेयरमूल्य ७.६८ प्रतिशतले गिरावट हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.५ प्रतिशतले घटेको छ ।





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार १५:४६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया