राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीकाे निष्कर्ष

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिका लागि हुने निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने बताएको छ। कुनै पनि पार्टीलाई ‘बाइपास’ गरेर राष्ट्रपति छान्न ठिक नहुने माओवादीकाे निष्कर्ष छ । 

फागुन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल सकिँदैछ। त्यसैले दलहरु अहिले राष्ट्रपति निर्वाचनमा केन्द्रित छन्।

बिहीबार दिउँसो बसेको माओवादीको स्थायी समिति बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको सचिव देवेन्द्र पौडेलले बताए । बैठकपछि सचिव देवेन्द्र पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेसँग राष्ट्रपतिबारे छलफल हुने बताएका हुन्।

भारतमा अब्दुल कलामलाई सबैको सहमतिमा राष्ट्रपति बनाइएको उदाहरण दिँदै उनले यहाँ पनि सबैको समर्थनमा साझा राष्ट्रपति बनाउने बताए । 

राष्ट्रपति सम्मानित पद भएकाले यसमा अनावश्यक बहस नगरीकन सम्मानित र सबैले स्वीकार्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने उनले बताए । 'एमाले, कांग्रेस र माओवादीसहितको राष्ट्रिय सहमति भनिएको हो,' पौडेलले भने, 'एमाले र कांग्रेसलाई बाइपास गरेर राष्ट्रिय सहमति हुन सक्दैन ।'





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार १६:५३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया