गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले मृत्युअघि उठाएका विषयबारे छानविन गर्न समिति गठन गरेको छ ।
गृहले मन्त्रालयका सहसचिव नारायणप्रसाद रिमालको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति गठन गरेको हो । बुधबारको मन्त्रिपरिषद् बैठकले यसबारे समिति बनाएर छानविन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको थियो ।
समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीका प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सदस्य रहने भएका छन् ।
समितिलाई आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र सरकारले गर्नुपर्ने कामबारे पनि सुझाब पेस गर्न निर्देशन दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।