साउदी सुपर कपबाट बाहिरियो रोनाल्डोआवद्ध अल नासर
फरकधार / १३ माघ, २०७९

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसम्मिलित अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ । गएराति सम्पन्न सेमिफाइनलमा अल इतिहादसँग ३–१ ले पराजित भएसँगै अल नासर प्रतियोगिताबाट बाहिरिएको हो ।



खेलमा पटकपटक पाएको मौका गुमाउँदा अल नासर हार बेहोर्न बाध्य भयो । अल इतिहादको जितमा रोमारिन्हो, हम्दाल्लाह र मोहमद अलशान्कितिले एक/एक गोल गरे । अल नासरका लागि एन्डरसन टालिस्काले मात्र एक गोल फर्काउन सकेन ।  

इतिहादले पहिलो हाफ २–० को अग्रता लिएको थियो । उसका लागि १५ औं मिनेटमा रोमारिन्हो र ४३ औं मिनेटमा हम्दाल्लाहले गोल गरे । ६७ औं मिनेटमा अल नासर टालिस्काले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । इन्जुरी समयमा अलशान्कितिले गोल गर्दै इतिहादलाई ३–१ को उत्कृष्ट जित दिलाए । 



गएराति नै सम्पन्न अर्को सेमिफाइनलमा अल हिलाललाई १–० ले हराउँदै अल फाएहाले फाइनलको यात्रा तय गर्‍यो । अब अल इतिहाद र अल फाएहाबीचको फाइनल सोमबार हुने तालिका छ । 



  • प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार ७:०:५६,   अन्तिम अपडेट : माघ १३, २०७९ शुक्रबार ७:२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया