मधेस प्रदेशका मन्त्रीहरूले गरे पदभार ग्रहण

मधेस प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् । बिहिबार जिम्मेवारी सहितको पत्र प्राप्त गरेपछि शुक्रबार बिहान नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन् । 

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमाले मधेस प्रदेशको संसदीय दलका नेतासमेत रहेका मन्त्री सरोजकुमार यादवले मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । 

उनले पदभार ग्रहण गर्दै मधेसको विकासका लागि हरेका जिल्ला तथा पालिकालाई सडक सञ्जालसँग जोड्नका लागि मधेसको गौरव आयोजनाको रुपमा मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । यसका साथै पछिल्लो सरकारको समयमा भएका कामहरुको समिक्षाका साथै बाँकी योजनाहरुको विषयमा योजना बनाएर काम गर्ने बताए । 

शुक्रबार बिहानै जनमत पार्टीका मन्त्री वसन्त कुशवाहाले पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताए । किसान आन्दोलन जनमत पार्टीले गरेको स्मरण गर्दै उनीहरुको समस्या समाधान आफूहरुको प्राथमिकतामा रहेको मन्त्री कुशवाहाले बताए । यसका लागि मधेस प्रदेशमा किसान कार्ड लागु गर्ने योजना रहेको उनले बताए । 

यसअघि कुशवाहालाई सामाजिक विकास मन्त्रालय दिने सहमति भएपनि अन्तिम समयमा आएर उनलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो । सामाजिक विकास मन्त्रालयमा अन्य सत्ता साझेदार दलहरुले समेत अडान नछोडेपछि अन्ततः यो मन्त्रालयको जिम्मेवारी कुशवाहालाई दिइएको हो । 





  • प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार १२:८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया