इराकमा १४ जनालाई मृत्युदण्ड
प्रतीकात्मक तस्बिर

इराकी अदालतले कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो । 

नागरिक हत्यामा संलग्न पाइएको भन्दै इराकको एक अदालतले ती १४ जनालाई मृत्युदण्डको सजाय बिहीबार सुनाएको हो । 

सन् २०१४ मा इराकको टिक्रिट सहरमा आइएस आतङ्ककारीहरूले कब्जा गर्ने प्रयास गरेका थिए । त्यसक्रममा कम्तीमा पनि १ हजार ७०० जना इराकी सैनिक मारिएका थिए । 

यसरी आमरूपमा मारिएका ती सैनिकको हत्यामा संलग्नताको पुष्टि भएपछि उनीहरूलाई मृत्युदण्डको सजायँ सुनाइएको हो ।  इराकी सहर टिक्रिटलाई कब्जा गर्ने क्रममा आइएसले सो समयमा यहाँका सैनिकमाथि धावा बोलेका थिए ।  

उनीहरूले ड्युटीमा रहेका सैनिकमाथि हमला गरेका थिए । ती भिडियोहरू सो समयमा पनि सार्वजनिक भएका थिए ।  





  • प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार १४:३०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया