जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले रवि लामिछाने आफ्ना लागि पनि अहिलेको सांसद तथा सरकारमा आशाको केन्द्र भएको बताएका छन् ।
शुक्रबार सर्वोच्च अदालतको फैसलापछि सांसद, मन्त्री तथा पार्टी सभापतिको हैसियत गुमाएका रवि लामिछानेबारे ट्विटरमा उनले रविले बैठक तथा संसदमा नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि भन्ने आशा जगाउने गरेको उल्लेख गरेका छन् ।
प्रक्रियागत त्रुटि तथा अपराध नै किन नहोस् र कतिपय राजनीतिक अजेन्डा विपरित नै भए पनि अहिलेको संसदमा रवि आफ्नो आशा रहेको सिके राउतले उल्लेख गरेका हुन् ।
उनले ट्विटरमा ह्यासट्याग प्रयोग गरेका छन्– कमब्याक हिरो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।