बलिउड अभिनेता साहरुख खान सामाजिक सन्जालमा निकै धेरै फलोअर्स भएका सेलेब्रिटीमध्ये एक हुन् ।
उनले बारम्बार आफ्ना प्रशंसकहरुसँग सामाजिक सन्जालमा अन्तक्रिया पनि गरिरहेका हुन्छन् ।
तर, तिनै साहरुख खानले चाहिँ इन्स्टाग्राममा जम्मा ६ जनालाई फलो गरेका छन् ।
केही दिनमा नै उनले इन्स्टाग्राममा ९० लाखभन्दा धेरै फलोअर्स बटुलेका छन् । तर, उनले त्यसमा आफूले चाहिँ जम्मा ६ जनालाई फलो गर्छन् ।
उनले फलो गर्ने व्यक्तिहरु सुहाना खान, गौरी खान, काजल आनन्द, आर्यन खान, पूजा ददलानी र आलिया छिब्बा हुन् ।
अहिलेसम्म साहरुख खानले इन्स्टाग्राममा ६ सय ९२ वटा पोस्ट गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।