गृहमन्त्री पाए कांग्रेस सरकारमा जान्छः शशांक कोइराला

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले भागवण्डा मिलेको खण्डमा नेपाली कांग्रेस यही सरकारमा सहभागी हुने बताएका छन् । 

शनिबार चितवनमा सन्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । यो गठबन्धनमा सम्मानजनक मन्त्रीहरु दिएको खण्डमा आफूहरु सरकारमा जान तयार भएको उनले बताएका छन् । 

उनले गृह मन्त्रालय अहिले खाली भएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई गृह मन्त्रालय अफर गरे आफूहरु सरकारमा जान तयार रहेको उनले बताएका छन् ।

उनले अब हुने राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन् ।

‘गृहमन्त्री दिए भने अहिलेको सरकारमा नै कांग्रेस जान्छ,’ कोइरालाले भनेका छन् ।





  • प्रकाशित मिति : माघ १४, २०७९ शनिबार १८:२०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया