शाहरुखको पठानः तीन दिनमा बनायो बक्स अफिसमा रेकर्ड

शाहरुख खानको फिल्म पठानले तीन दिनमा विश्वभरबाट ३ सय करोडभन्दा धेरै कमाएर बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ । 

शाहरुख–दीपिका स्टारर फिल्म पठानको हिन्दी भर्सनले तेस्रो दिनमा ३८ करोड रुपैयाँ कमाएको यशराज फिल्म्सले जनाएको छ । अन्य भाषाबाट यो फिल्मले १.२५ करोड रुपैयाँ कमाएको पनि जनाइएको छ । 

फिल्म २५ जनवरीमा हिन्दीसहित तमिल तथा तेलुगू भाषामा रिलिज भएको थियो ।

पठान शाहरुख खानको चार वर्षपछि आएको हिट फिल्म बनेको छ । भारतमा तेस्रो दिन यो फिल्मले ३९.२५ करोड कलेक्सन गरेको र बाहिरबाट ४३ करोड रुपैयाँ आम्दानी भएको यशराज स्टुडियोले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फिल्मले अहिलेसम्म ३१३ करोड रुपैयाँ कलेक्सन गरेको जनाइएको छ ।





  • प्रकाशित मिति : माघ १४, २०७९ शनिबार १९:१२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया