नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशलाई स्वभाविक रुपमा लिनु पर्ने बताएका छन् ।
कानुनअनुसार जोकोही माथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यका रुपमा लिन नहुने उनले बताएका हुन् ।
शनिबार पार्टी कार्यालय च्यासलमा सन्चारकर्मीहरुसँग कुराकानी गर्दै नेम्वाङले लामिछाने अब उपनिर्वाचनमा लड्न सक्ने पनि बताएका छन् ।
नागरिकता लिएर लामिछानेले उपनिर्वाचनमा फेरि उम्मेदवार बन्न सक्ने भएकाले यसलाई सामान्य रुपमा लिनु पर्ने उनले बताएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।