रवि लामिछानेलाई दाइ हरिशरणको ढाढसः एउटा ढोका बन्द हुँदा हजार ढोका खुल्छन्

रवि लामिछानेका दाइ हरिशरण लामिछानेले स्वतन्त्र पार्टी गठन गर्दाको समयमा रवि लामिछानेलाई दिएका शुभकामनाबारे निकै चर्चा हुने गरेको थियो । 

आफैं पनि स्वतन्त्र अभियानमा संलग्न भएकाले उनी पनि भाइको पार्टीमा जान्छन् कि भन्ने अनुमान धेरैले गरेका थिए । 

तर, हरिशरण लामिछाने भाइ रवि लामिछानेको पार्टीमा गएनन् । बरु रविको आलोचना गरेकाले उनको विषयमा बेलाबेलामा समाचार तथा टिप्पणीहरु बनिरहे ।

शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध रहेको भन्दै उनका सबै पदहरु बदर गरेपछि हरिशरणले एउटा ढोका बन्द हुँदा हजार ढोकाहरु आफैं खुल्ने बताएका छन् ।

सामाजिक सन्जालमा हरिशरण लामिछानेले रवि लामिछानेसँगको तस्वीर राखेका छन् र एउटा ढोका बन्द हुँदा हजार ढोकाहरु आफैं खुल्नेछन् भन्दै लेखेका छन्, ‘देश विदेशका शुभचिन्तक साथीहरु, धैर्य राखौँ, शान्त बसौँ, सकारात्मक र आशावादी बनौँ ।’






  • प्रकाशित मिति : माघ १४, २०७९ शनिबार २०:२०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया