धनकुटा महोत्सवको सांगितिक कार्यक्रममा भीडमा भागदौड मच्चिँदा ३२ जना घाइते भएका छन् । यीमध्ये ३ जनाको अवस्था गम्भीर भएको बताइएको छ ।
घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि धरानको बिपी कोइराला अस्पताल पठाइएको छ ।
कार्यक्रमस्थलमा खरेलले गीत गाइरहँदा भागदौड मच्चिएको थियो ।
कार्यक्रममा आयोजकले टिकटविनाका दर्शकलाई कार्यक्रममा छिर्न नदिएपछि भागदौड मच्चिएको थियो । अहिले त्यस ठाउँको अवस्था सामान्य भइसकेको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।