रवि लामिछाने नागरिकता पाउन योग्य व्यक्ति हुन्, अनागरिक होइनन्ः रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले रवि लामिछाने अनागरिक र राज्यविहिन नभएको तर्क गरेका छन् । 

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेले प्रयोग गरिरहेको नागरिकलाई अवैध ठहर गरेपछि धेरैले उनलाई अनागरिक बनाएको टिप्पणी गरेका छन् ।

यही विषयमा मिश्रले सामाजिक सन्जालमा लेखेका हुन् । लामिछाने नेपाली नागरिकता पाउन योग्य नागरिक भएको मिश्रले बताएका छन् ।

‘नेपालको संविधान, पृष्ठ ४ मा ‘‘नेपालको नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्’ उनले लेखेका छन्, ‘उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन् । तसर्थ उनी अनागरिकरराज्यविहिन होइनन् ।’






  • प्रकाशित मिति : माघ १४, २०७९ शनिबार २३:१४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया