आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणाली सुदूरपश्चिम प्रदेशबाट भित्रिने क्रम रहेकाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
मौसमविद् वरुण पौडेलका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा यो प्रणालीको प्रभाव धेरै पर्ने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक अन्य प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने छ ।
केही दिनअघि पश्चिमी न्यून चापीय प्रणालीकै कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्कादेखि सामान्य वर्षा र हिमपात भएको थियो । अन्य प्रदेशमा भने अझै पानी पर्न सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।