टोटेनहम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा प्रिस्टनलाई ३–० ले हराउँदै टोटेनहम पाँचौं चरणमा प्रवेश गरेको हो । टोटेनहमको जितमा सन ह्युङ मिनले दुई र अर्नोट डान्जुमाले एक गोल गरे ।
खेलको ५० औं मिनेटमा सनको गोलबाट टोटेनहमले सुरुआती अग्रता लियो । ६९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोटेनहमलाई २–० को अग्रता दिलाए ।
खेलको ८७ औं मिनेटमा डान्जुमाको गोलबाट टोटेनहम ३–० ले विजयी भयो । उनले डेब्यू खेलमै टोटेनहमका लागि गोल गर्न सफल भए ।
त्यस्तै, गएराति सम्पन्न खेलमै जित हात पारेको साउथह्याम्पटन पनि पाँचौं चरणमा प्रवेश गरेको छ । ऊ लाकपुललाई २–१ ले हराउँदै पाँचौं चरणमा पुगेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।