स्वयम्भूमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौंको स्वयम्भू चौमतीस्थित नयाँपुल नजिकै ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–२४ का ५५ वर्षीय नरेन्द्रमुनि बज्राचार्य रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका करिब ८ बजे प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको डिजेल बोक्ने ट्यांकरले बा८१प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उक्त ट्यांकरसहित चालकलाई प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ ।  





  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार ११:१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया