क्यालिफोर्नियामा दोहोरियो गोली काण्ड, तीनको मृत्यु, चार घाइते

अमेरिकाको क्यालिफोर्नियामा एक हप्तायता नै दोस्रो पटक गोली काण्ड भएको छ । शनिबार भएको यो पछिल्लो गोलीकाण्डमा परेर तीन जनाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन् । लस एञ्जलसको छिमेकी बेभरली क्रेस्ट क्षेत्रमा भएको शनिबार बिहानीपख सो गोलीकाण्ड भएको थियो । गोली प्रहारमा परेर मारिनेमा दुई जना पुरुष र एक महिला छन् । 

घाइतेलाई नजिकैको अस्पताल लगिएको र उनीहरुको अवस्था गम्भीर रहेको केएबिसी टेलिभिजनले जनाएको छ । लस एञ्जलसको उक्त क्षेत्रको एक सडकमा एकजना व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ ।

सडकमा गुडिरहेको एक गाडीमाथि सो व्यक्तिले गोली प्रहार गरेको थियो । सवारीमा रहेका तीनजनाको ज्यान गएको थियो । त्यस्तै सडकमा हिँडीरहेका अरु चार जना घाइते भएका पनि सो टेलिभिजनले जनाएको छ । गोली प्रहार गर्ने व्यक्तिको खोजी प्रहरी गरेको बताइएको छ । लस एञ्जलसमा भएको एक हप्ता यताकै यो दोस्रो गोली प्रहार हो । 

छ दिन अघि एक रेष्टुरेन्टमा भएको गोली प्रहारमा परेर ११ जनाको ज्यान गएको थियो । त्यसपछि गत सोमबार मात्र पनि अर्काे प्रहारमा परेर मानिसको ज्यान गएको थियो ।
 





  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार ११:३५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया