पुनः नागरिकता प्राप्तिका लागि जिल्ला प्रशासन पुगे रवि लामिछाने
फाइल तस्बिर

निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पुनः नागरिकता प्राप्तिका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेका छन् । उनी केही बेरअघि प्रशासन कार्यालयमा पुगेका हुन् ।  

शुक्रबार सर्वोच्च अदालतले फैसला सुनाएपछि रवि नागरिकताविहीन छन् । अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पूरानै नागरिकताअनुसार कामकारबाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो । 

अहिले जिल्ला प्रशासन कार्यालय परिसरमा रविका कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति छ । 





  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार ११:४२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया