वरिष्ठ पत्रकार युवराज घिमिरे ‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार–२०७९’ बाट सम्मानित भएका छन् ।
कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा विराटनगरमा आयोजित एक कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षकसमेत रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले घिमिरेलाई पुरस्कार वितरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले नोना आमाकै कारण आफू राजनीतिमा लागेको बताए । पुरस्कार ग्रहणपछि पत्रकार घिमिरेले नेतृ नोना कोइरालाको नाममा स्थापना भएको पुरस्कारबाट सम्मानित हुँदा आफू साँच्चै सम्मानित भएको महसुस गरेको बताए ।
कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षक एवं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले घिमिरेलाई सो पुरस्कार प्रदान गरे । कार्यक्रममा नेता गुरुराज घिमिरे, प्रदेशसभा सदस्य केदार कार्की, विराटनगर महानगरका मेयर नागेश कोइराला, नेता हसन अन्सारीलगायतले नोना कोइरालाको राजनैतिक, धार्मिक, सामाजिक व्यक्तित्वलगायतका विभिन्न विषय आ–आफ्ना विचार राखेका थिए ।
नेपाली महिला मुक्ति आन्दोलनकी योद्धा कांग्रेस नेतृ कोइरालाको १४ माघ २०६३ मा निधन भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।