सन्नी लियोन काठमाडौंमा
फरकधार / १५ माघ, २०७९

बलिउड अभिनेत्री सन्नी लियोन अहिले नेपालमा छिन् । उनले आइतबार बिहान एक भिडियो पोस्ट गर्दै नेपाल आइपुगेको जनाएकी हुन् ।



‘हेलो नेपाल’ भनेर आइतबार बिहान सन्नीले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै नेपाली फ्यानलाई अभिवादन गरेकी छन् । 

शनिबार बिहान काठमाडौं आएकी उनी साँझ एक कार्यक्रममा पनि सहभागी भएको बताइएको छ । कार्यक्रममा उनले ‘आई लभ नेपाल’ भन्दै नेपाली प्रशंसकलाई सम्बोधनसमेत गरेकी थिइन् । 



सन्नी यस अगाडि नेपाली फिल्म ‘पासवर्ड’ रिलिजको समय आएकी थिइन् । फिल्ममा उनले आइटम नृत्य गरेकी थिइन् ।  



  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार १३:२२:१३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया