राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पुनः पार्टी सभापति बनाउने तयारी गरेको छ । शुक्रबार सर्वोच्च अदालतले अमेरिकाबाट फर्किएपछि नागरिकता पुन: प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला गरेपछि लामिछानेको गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमेको थियो ।
सर्वोच्चको फैसलापछि लामिछानेले आइतबार नै जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता पुन:प्राप्ति गरेसँगै रास्वपाले पार्टी सभापतिमा लामिछानेलाई फर्काउने तयारी गरेको हो ।
लामिछानेको नागरिकता विवादमा सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेसँगै पार्टीले हाल डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति र संसदीय दलको नेता बनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।