नेपाली कांग्रेसले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्ने विरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ ।
पार्टीका स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने यसअघि निर्धारण गरेको यही माघ १५ सम्मको समय बढाएर माघ मसान्तसम्म तोकिएको कांग्रेसको केन्द्रीय अनुशासन समितिले आज जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।