रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति

रवि लामिछाने दुई दिनमै फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारीमा फर्किएका छन् । 

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले यसअघि उनले लिएको नागरिकता अवैध भएको ठहर गरेपछि उनले यो पद गुमाएका थिए ।

आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई फेरि सभापतिको जिम्मेवारी दिएको हो ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया नपुगेको भन्दै यसअघि शुक्रबार उनले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पेश गरेको नागरिकता खारेज भएको थियो । त्यसपछि उनी सांसद, मन्त्री तथा पार्टीको सभापति पदबाट पदमुक्त भएका थिए । 

आज उनले नागरिकता लिएपछि केन्द्रीय कार्यालयमा बसेको बैठकबाट उनी फेरि सभापतिको जिम्मेवारीमा फर्किएका हुन् ।






  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार १७:१२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया