काठमाडौं महानगरपालिकाको मेयर पदका लागि भएको निर्वाचनमा रोचक प्रतिस्पर्धा थियो, बालेन साह र सुमन सायमीको । दुवै स्वतन्त्र उम्मेदवार थिए ।
झन् रोचक त के भयो भने मेयरमा बालेनले जित निकालेपछि विजय र्यालीमा सँगसँगै देखिए सुमन सायमी । उनले मेयर बालेनका कदममा आफ्नो साथ हुने मात्र बताएनन्, उनले काठमाडौंको मुहार फेर्नेमा आफू विश्वस्त रहेको समेत बताए ।
तिनै सायमी अब बालेनविरुद्ध सडकमा उत्रिएका छन् ।
सडक विस्तार पीडित संघर्ष समितिका संयोजक बनेका सुमन सायमीले आइतबार भएको माइतीघरको प्रदर्शनमा बालेन साह पहिलेका शासकभन्दा पनि बढी निरंकुश भएको आरोप लगाएका छन् ।
बालेनले जनताले दिएको अधिकारलाई दुरुपयोग गरेको भन्दै सायमीले कार्यक्रममा साह महानिरंकुश भएर आएको बताए । ‘यो लुटतन्त्र हामी सहँदैनौँ,’ सायमीले भने, ‘यदि उहाँ सच्चिनुभएन भने सच्याउने अधिकार हामीसँग छ । जनताले त्यहाँ पुर्याएको भन्ने महसुस गर्नुपर्योक । जनचाहना विपरीत गएपछि त्यहाँबाट ओराल्ने अधिकार जनतासँग छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।