रवि लामिछाने पुगे बालुवाटार, मागे गृह मन्त्रालय
फरकधार / १५ माघ, २०७९
फाइल तस्वीर ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाटका लागि बालुवाटार पुगेका छन् । 



उनी आइतबार साँझ बालुवाटार पुगेका हुन् । 

शुक्रबार सर्वोच्च अदालतको फैसलाका कारण उनले पार्टी सभापति देखि गृहमन्त्रीसम्म सबै पद गुमाएका थिए । आइतबार उनले काठमाडौं जिल्ला प्रशासनबाट नागरिकता लिने प्रक्रिया पूरा गरे । 



आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा मनोनित भएका रवि लामिछानेले बालुवाटारमा आफूलाई गृहमन्त्री बनाउन प्रचण्डसँग आग्रह गरेका छन् ।



प्रचण्डले यसअघि आज दिउँसो भएको एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा अब गृह मन्त्रालय नेकपा माओवादी केन्द्रले नै राख्ने विषयमा छलफल गरेका थिए ।


  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार २१:३४:३७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया